• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   दाङमा दुई महिलाको हत्या ★   नेपाली भाषा र संस्कृतिको संरक्षण र संवर्द्धनमा जोड ★   वीरगञ्ज महानगरले अनधिकृत सटर भत्कायो ★   ‘क्यान्सरको उपचार गर्न’ हरिवंशले जसरी अरु विरामीले घर बेच्नु पर्दैन… ★   म्यान्चेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो ★   रातो मछिन्द्रनाथ रथ तान्न सुरू ★   बुढानीलकण्ठ चिनाउन ‘प्रधानाध्यापकसँग पदयात्रा’ ★   रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा ★   जापान – नेपाल फुटबल संघको उद्घाटन असार २ मा, च्यारिटी फुटबल पनि हुने ★   प्रधानमन्त्रीको प्रश्ताव नमानेपछि उपप्रधानमन्त्री लामिछानेमाथि काँग्रेसले सहकारी ठगीको आरोप लगायोः ओली

मेसीको फ्यानको यस्तो हेयरस्टाइल, अनुपम खेरले भने – मेरो पनि कपाल भए…



एजेन्सी । फिफा विश्वकप २०२२ को फाइनलमा फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिना तेस्रो पटक विश्व च्याम्पियन बन्यो । यो विश्वकप जितसँगै लियोनल मेसीको त्यो सपना पनि पूरा भयो जुन उनले १६ वर्षअघि २००६ मा पहिलो विश्वकपमा देखेका थिए ।

मेसीको यो पाँचौं विश्वकप हो । उनको जितको खुसीयालीमा विश्वभरबाट उत्सव मनाइयो । यसैबीच, एक फ्यानले कपाल काटेर उनको तस्बिर समेत लगाएका छन् । यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो भिडियो शेयर गर्दै बलिउड अभिनेता अनुपम खेरले लेखेका छन्– ‘यदि मेरो कपाल भएको भए म पनि यसरी कपाल काट्न सक्थें ।’

यो भिडियोमा धेरैको प्रतिक्रिया आइरहेको छ । अहिलेसम्म यो भिडियोलाई ९० हजारभन्दा बढीले हेरिसकेका छन् । भिडियोमा धेरैको कमेन्ट पनि आइरहेको छ । एक प्रयोगकर्ताले कमेन्ट गर्दै लेखेका छन्– ‘निकै राम्रो भिडियो ।’ कमेन्ट गर्दै अर्का प्रयोगकर्ताले लेखेका छन् – ‘ म पनि सहमत छु सर ।’