• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने ★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय ★   ‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी

निर्वाचनको पवित्रता र सांसदको गरिमामा खोट लाग्ने काम भयो– गगन थापा



file

काठमाडौं । नेपाली काग्रेसका महामन्त्री एवं संसदीय दलको नेताका प्रत्यासी गगनकुमार थापाले दलको निर्वाचनमा निर्वाचनको पवित्रता र सांसदको गरिमामा खोट लाग्ने काम भएको बताउनुभएको छ ।

निर्वाचन परिणामपछि दलको कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले निर्वाचन आचारसंहिता विपरित फोटो खिच्ने कुरा दुःखद भएको र यसले सांसद पदको गरिमा घटाएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचनमा जित हार स्वाभाविक हो तर जुन कार्य भयो त्यो स्वाभाविक थिएन, फोटो खिच्ने साथीहरुले कतै प्रमाण पेश गर्न खिच्नु भएको होला त्यो सामाजिक सञ्जालमा सार्वजनिक गर्दा उपयुक्त हुन्छ ।”

थापाले बहुसंख्यक साथीहरु यथास्थितिमा नै दल चलोस् परिवर्वन आवश्यक छैन भन्ने पक्षमा उभिए पनि आफू निरन्तर रुपमा परिवर्तनका लागि लागि रहने बताउनुभयो ।

आफनो उम्मेदवारी परिवर्तन र रुपान्तरणको लागि भएको भन्दै उहाँले भन्नुभयो, “नेता र नेतृत्व बदलियोस्, शैली र भूमिका फेरियोस् भन्ने अपेक्षा मतदाताको थियो त्यो पूरा भएन ।”

थापाले मन्त्री बनेर सरकारमा नजाने समेत बताउनु भएको छ । उहाँले भन्नुभयो ‘सरकारमा अरु साथीहरू जानुहुन्छ । म त फेरि संसदीय दलको नेता हुन कोसिस गर्छु । योभन्दा बाहेक सरकारमा जाने अहिले गर्नु हुन्न, म गर्दिनँ ।’