
काठमाडौँ। संसद्मा एमसीसी टेबल भए पनि नेकपा (एमाले) ले आज बस्ने प्रतिनिधिसभाको बैठकमा पनि अवरोध जारी राख्ने भएको छ। सत्ता साझेदार दलका शीर्ष नेताहरुले आज संसद्मा एमसीसी टेबल गर्ने सहमति गरिसकेका छन्।
माले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभामा एमसिसी टेबल भए पनि नभए पनि एमालेले संसद अवरोध जारी रहने जानकारी दिएका छन्। सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा एमालेलाई विभेद गरेका कारण सोको ध्यानाकर्षणका लागि अवरोधलाई जारी राख्नुपरेको उनले बताएका छन्।
आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राख्दै एमालेले गत भदौ २३ गतेदेखि लगातार सदन अवरुद्ध गर्दै आएको छ ।