२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी संसदीय दलको नीति, निर्णय र निर्देशन अनुसार चल्न पार्टीका सांसदहरुलाई एमाले अध्यक्ष ओलीको निर्देशन



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी र पार्टी संसदीय दलको नीति, निर्णय र निर्देशन अनुसार चल्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिनु भएको छ ।

अध्यक्ष ओलीले सच्चा जनप्रतिनिधिको रुपमा संसद भित्र र बाहिर पनि वैचारिक रुपमा स्पष्ट र योजनावद्ध ढंगले अघि बढन पार्टीका सांसदहरुलाई सचेत समेत गराउनु भयो ।

मंगलबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टीले देश र जनताको हित बाहेक अरु केही पनि नहेर्ने भएकाले पार्टीका सांसदहरुले पनि आफ्नो पार्टी र पार्टी संसदीय दलको आदेश र निर्देशलाई दृढताका साथ पालना गर्नुपर्ने तर्क समेत गर्नु भयो ।

अध्यक्ष ओलीले भन्नु भयो, ‘देश बर्बादीतर्फ गईरहेको छ । यस्तो अवस्थामा हामी नयाँ संकल्पसहित अगाडि बढनु छ । हाम्रा प्रतिनिधिसभा सदस्यहरु जो नवनिर्वाचित हुनुहुन्छ । प्रतिनिधिसभाका सदस्यहरु र प्रदेशसभाका सदस्यहरु सबैले आफूलाई साच्चो जनप्रतिनिधि कस्तो हुन्छ ? साँच्चैको जनप्रतिनिधिले संसदमा कस्तो भूमिका खेल्नु पर्छ ? बाहिर कस्तो भूमिका खेल्नुपर्छ, संसदमा कस्तो भूमिका खेल्नु पर्छ ? यी कुराहरुमा अत्यन्तै गम्भिरतापूर्वक ध्यान दिनु र क्रियाशील हुनु जरुरी छ ।’

‘म हाम्रा सम्पूर्ण साथीहरुलाई त्यस भूमिकाका लागि अध्ययनशील हुन, योजनावद्ध ढंगले काम गर्न, दृढताका साथ, स्पष्टताका साथ प्रस्तुत हुन, टिम स्पििरिडमा दलका दलका निर्णय, पार्टीका नीति, पार्टीको निर्णय, दलका निर्णय, दलका अनुशासन, दलका आदेश, दलका निर्देश अनुसार चल्ने दृढ अभ्यासमा कायम रहन आग्रह गर्दछु । किन भने दल र पार्टीले देश र जनताको हित बाहेक अरु केही पनि सोचेको हुँदैन ।’