२६ मंसिर २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’ नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकारकर्मी मोहम्मदीलाई पक्राउ आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा एनपिएल टोली जनकपुरले क्रिकेट एकेडेमी सञ्चालन गर्ने अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द एमाले सचिवालय बैठक : विधान महाधिवेशनमा पारित विधानका आधारमै नयाँ नेतृत्व चयन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी संसदीय दलको नीति, निर्णय र निर्देशन अनुसार चल्न पार्टीका सांसदहरुलाई एमाले अध्यक्ष ओलीको निर्देशन



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी र पार्टी संसदीय दलको नीति, निर्णय र निर्देशन अनुसार चल्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिनु भएको छ ।

अध्यक्ष ओलीले सच्चा जनप्रतिनिधिको रुपमा संसद भित्र र बाहिर पनि वैचारिक रुपमा स्पष्ट र योजनावद्ध ढंगले अघि बढन पार्टीका सांसदहरुलाई सचेत समेत गराउनु भयो ।

मंगलबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टीले देश र जनताको हित बाहेक अरु केही पनि नहेर्ने भएकाले पार्टीका सांसदहरुले पनि आफ्नो पार्टी र पार्टी संसदीय दलको आदेश र निर्देशलाई दृढताका साथ पालना गर्नुपर्ने तर्क समेत गर्नु भयो ।

अध्यक्ष ओलीले भन्नु भयो, ‘देश बर्बादीतर्फ गईरहेको छ । यस्तो अवस्थामा हामी नयाँ संकल्पसहित अगाडि बढनु छ । हाम्रा प्रतिनिधिसभा सदस्यहरु जो नवनिर्वाचित हुनुहुन्छ । प्रतिनिधिसभाका सदस्यहरु र प्रदेशसभाका सदस्यहरु सबैले आफूलाई साच्चो जनप्रतिनिधि कस्तो हुन्छ ? साँच्चैको जनप्रतिनिधिले संसदमा कस्तो भूमिका खेल्नु पर्छ ? बाहिर कस्तो भूमिका खेल्नुपर्छ, संसदमा कस्तो भूमिका खेल्नु पर्छ ? यी कुराहरुमा अत्यन्तै गम्भिरतापूर्वक ध्यान दिनु र क्रियाशील हुनु जरुरी छ ।’

‘म हाम्रा सम्पूर्ण साथीहरुलाई त्यस भूमिकाका लागि अध्ययनशील हुन, योजनावद्ध ढंगले काम गर्न, दृढताका साथ, स्पष्टताका साथ प्रस्तुत हुन, टिम स्पििरिडमा दलका दलका निर्णय, पार्टीका नीति, पार्टीको निर्णय, दलका निर्णय, दलका अनुशासन, दलका आदेश, दलका निर्देश अनुसार चल्ने दृढ अभ्यासमा कायम रहन आग्रह गर्दछु । किन भने दल र पार्टीले देश र जनताको हित बाहेक अरु केही पनि सोचेको हुँदैन ।’