२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावपछि मुलुकको राजनीतिमा अस्थिरताका खेलहरु शुरु भएका छन्ः महासचिव पोखरेल



file
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई नीति, विचार, लक्ष्य र उद्देश्यबिहीन दिशातर्फ अघि बढाउने दुष्प्रयास भइरहेको बताउनुभएको छ ।

मंगलवार नेकपा एमालेले बोलाएको नवनिर्वाचित सांसदहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले तत्कालीन नेकपा भएको बेलामा कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्रलाई चिर्न जनतामा जाने फैसलालाई सफल बनाउन नदिइएको बताउनु भयो । तत्कालनि अवस्थामा नै जनतामा जाने फैसलालाई कार्यान्वयन गरेको भए आजसम्म मुलुकले विकास र समृद्धिको बाटो समातिसकेको हुने बताउनु भयो ।

उहाँले अहिले मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र नै शंकटमा पर्ने खालका गतिविधिहरु भइरहेको बताउनु भयो । महासचिव पोखरेलले चुनावपछि मुलुकको राजनीतिमा शुरु भएका अस्थिरताका खेलहरुले नेकपा एमालेले अघि सारेका मान्यताहरु सही साबित गरिदिएको बताउनु भयो । उहाँले राष्ट्रिय राजनीतिमा नेकपा एमले बलियो शक्तिका रुपमा स्थापित भइरहेकोपनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको कम्युनिष्ट आन्दोलनको नाममा हामीले जुन प्रकारको एकताको प्रक्रिया अघि बढाएका थियौँ । त्यसलाई कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्रका रुपमा प्रयोग गर्ने जनमतलाई खण्डित गरीकन जनताले अस्वीकार गरेको शक्तिलाई सरकारको नेतृत्व सुम्पने खालको षड्यन्त्रपूर्ण तरिकाले अघि बढेका बेलामा हाम्रो पार्टीले जनतामा जाने फैसला गरेको थियो ।’

‘यदी पुस ५ गते हाम्रो पार्टीको नेतृत्वमा जनतामा जाने फैसलालाई कार्यान्वयन भएको भए आज मुलुकले विकास र समृद्धिको बाटो समातिसकेको हुने थियो । आज जुन प्रकारको राजनीतिक अस्थिरताका प्रवृत्तिहरु देखापरेका छन्, त्यसबाट हामीले मुलुकलाई सही बाटो प्रदान गर्न सक्थ्यौँ । तर मुलुकलाई नीतिबिहीन, विचारबिहीन, लक्ष्य, उद्देश्यबिहीन राजनीतितर्फ अघि बढाउने प्रयास भयो । जसका कारण आज मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र नै शंकटमा पर्ने खालका आशंकाका काला बादलहरु मडारिने खालको स्थिति उत्पन्न भएको छ ।’

‘गठबन्धन समस्याको समाधान होइन, हामीले चुनाव अघि भनेका थियौँ । चुनावपछि मुलुकको राजनीतिमा जुन प्रकारका अस्थिरताका खेलहरु शुरु भएका छन्, त्यसले नेकपा एमालेका मान्यताहरु सही रहेका छन् भन्ने प्रमाणित गरेको छ । राष्ट्रिय राजनीतिमा नेकपा एमले बलियो शक्तिका रुपमा स्थापित भइरहेको छ । हाम्रो पार्टी अध्यक्षका बिरुद्धमा जुन प्रकारको घेराबन्दी थियो, अहिलेको चुनावले सबैभन्दा लोकप्रिय नेताको रुपमा हाम्रा पार्टी अध्यक्षलाई चुनेर पठाएको छ ।’

महासचिव पोखरेलले सबै दलहरु मिलेर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई घेराबन्दी गरेपनि जनताले लोकप्रिय मतका साथ आफ्नो नेतामा ओलीलाई नै चुनेको बताउनु भयो ।




भर्खरै