३ भाद्र २०८३, बुधबार
,
Latest
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भलिबल खेल्न नेपाली टोली बङ्गलादेश प्रस्थान



अ+ अ-

काठमाडौँ । बङ्गलादेशमा आयोजना हुने २३ वर्ष मुनीको काभा यू(२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा भाग लिन नेपाली टोली आज बङ्गलादेशको राजधानी ढाका प्रस्थान गरेको छ ।

ढाकामा यही पुस ७ देखि ११ सम्म आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि १९ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, कीर्गिस्तान र श्रीलङ्का गरी चार राष्ट्रले भाग लिनेछन् ।

प्रतियोगितामा चार टोलीले मात्र भाग लिने भएकाले सबै टोली सेमिफाइनलमा पुगिसकेका छन् । सहभागी टोलीले राउन्ड रोबिन लिगका आधारमा खेल्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा पुस ७ मा हुनेछ । जसमा नेपाल र आयोजक बङगलादेश प्रतिष्पर्धा गर्नेछन् । नेपालले दोस्रो खेल पुस ८ मा श्रीलङ्काविरुद्ध खेल्नेछ भने लिग चरणको अन्तिम खेल पुस ९ गते कीर्गिस्तानसँग हुनेछ । प्रतियोगिताको फाइनल खेल पुस ११ मा हुनेछ ।

प्रतियोगितमा सहभागिता जनाउन जाने नेपाली टोलीलाई यसअघि नै नेपाल भलिबल सङ्घले सफलताको शुभकामना दिर्दै विदाइ गरेको थियो ।

नेपाली टोलीमा रवि केसी, सन्तोष खत्री, धिरोजकुमार बस्नेत, अर्जुन नेपाली, रुपबाहदुर गुराउ, विष्णु बस्नेत, सन्तोष महता, सफल विक, मनिष मानन्धर, हेमन्त मल्ल, देवप्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे र भिमराज गुरुङ रहेका छन् । टोलीको मुख्य प्रशिक्षकमा जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादव हुनुहुन्छ ।