२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रफीसहित स्वदेश पुग्यो विश्वविजेता अर्जेन्टिना



photo:Agustin Marcarian/Reuters
अ+ अ-

एजेन्सी । कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को विजेता टोली अर्जेन्टिना स्वदेश पुगेको छ । लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना मंगलबार बिहान अर्जेन्टिनाको राजधानी व्युनस आयर्सस्थित एजेइजा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

विमानस्थलमा अर्जेन्टिनाको टोलीलाई हजारौँ समर्थक स्वागतका लागि त्यस स्थानमा पुगेका थिए । अर्जेन्टिनी टिम २१ घण्टा लामो यात्रापछि व्युनस आयर्स पुगेको हो ।

अर्जेन्टिनाले आइतबार विश्वकप उपाधि जित्दा लियोनेल मेसीले २ तथा एञ्जल डी मारियाले १ गोल गरेका थिए । फ्रान्सका लागि सबै तीन गोल केलिएन एम्बाप्पेले गरेका थिए ।

निर्धारित समय र अतिरिक्त समयसम्म ३–३ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । जहाँ ४–२ ले अर्जेन्टिनाले जित निकाल्दै तेस्रो पटक विश्वविजेता बन्यो ।