२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रफीसहित स्वदेश पुग्यो विश्वविजेता अर्जेन्टिना



photo:Agustin Marcarian/Reuters
अ+ अ-

एजेन्सी । कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को विजेता टोली अर्जेन्टिना स्वदेश पुगेको छ । लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना मंगलबार बिहान अर्जेन्टिनाको राजधानी व्युनस आयर्सस्थित एजेइजा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

विमानस्थलमा अर्जेन्टिनाको टोलीलाई हजारौँ समर्थक स्वागतका लागि त्यस स्थानमा पुगेका थिए । अर्जेन्टिनी टिम २१ घण्टा लामो यात्रापछि व्युनस आयर्स पुगेको हो ।

अर्जेन्टिनाले आइतबार विश्वकप उपाधि जित्दा लियोनेल मेसीले २ तथा एञ्जल डी मारियाले १ गोल गरेका थिए । फ्रान्सका लागि सबै तीन गोल केलिएन एम्बाप्पेले गरेका थिए ।

निर्धारित समय र अतिरिक्त समयसम्म ३–३ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । जहाँ ४–२ ले अर्जेन्टिनाले जित निकाल्दै तेस्रो पटक विश्वविजेता बन्यो ।