२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन राष्ट्रिय निकुञ्जमा हिंस्रक वन्यजन्तु पहिचान गर्न क्यामेरा ट्यापिङ



फाईल फोटो
अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जले हिंस्रक वन्यजन्तु पहिचान गर्न मेघौली क्षेत्रमा क्यामेरा ट्यापिङको काम सुरु गरेको छ । निकुञ्जले पुस ३ गतेदेखि यो काम सुरु गरेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही पुस २ गते भरतपुर महानगरपालिका वडा नं २८ अन्द्रौलीकी महिलालाई जङ्गली हात्तीले आक्रमण गरेपछि त्यस क्षेत्रमा क्यामेरा राखिएको हो । बाघ गणनामा प्रयोग गरिएको क्यामेरा ट्यापिङको काममा राखिएको हो । मेघौलीदेखि गोलाघाट क्षेत्रसम्म क्यामेरा ट्यापिङको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले चार वटा क्यामेरा प्रयोग गरिएको छ । मेघौली उपभोक्ता समितिको क्षेत्रभित्र पर्ने सो स्थानमा ध्रुवे हात्ती र एउटा बाघ रहेको सूचनाका आधारमा क्यामेरा ट्यापिङ्को काम सुरु गरिएको हो । बाघ घाइते अवस्थामा रहेको भन्ने सूचना र हात्तीसमेत सोही क्षेत्रमा रहेकाले तीनको अवस्था पहिचान गरी व्यवस्थापनका लागि काम भइरहेको उहाँले बताउनुभयो । क्यामेराले ती वन्यजन्तु आवतजावत गरेको तस्बिर खिचेसँगै त्यसलाई हेरेर व्यवस्थापनको काम गरिदैछ ।

उहाँले भन्नुभयो, “अवस्था पहिचान गरी कारण खोजी गर्ने र व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा निकुञ्जको प्राविधिक टोली लागेको छ”, उहाँले थप्नुभयो, “ध्रुवे हात्ती र घाइते बाघ सोही क्षेत्रमा हुँदा द्वन्द्व बढ्ने देखिएकाले व्यवस्थापनका काममा लागेका हौँ ।” चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठको नेतृत्वमा टोली परिचालन गरी काम भइरहेको निकुञ्जले जनाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, नेपाली सेना र हात्तीसारका कर्मचारीसहित सो क्षेत्रमा तीन वटा हात्ती परिचालन गरिएको उहाँले बताउनुभयो । आवश्यकताअनुसार प्राविधिक थपघट हुने उहाँको भनाइ छ ।

चालु आर्थिक वर्षमा जङ्गली जनावरका कारण चार जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट दुई, बाघको आक्रमणबाट एक र गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको तिवारीले वताउनुभयो । उहाँका अनुसार हात्तीको आक्रमणबाट मेघौली र देवनगरमा एक÷एक जनाको मृत्यु भएको हो भने बाघको आक्रमणबाट माडीमा एक जनाको मृत्यु भएको थियो । सौराहा क्षेत्रमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।