२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेन्जेमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास



अ+ अ-

एजेन्सी । फ्रेन्च फरवार्ड करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

बेन्जेमाले आफ्नो ३५औं जन्मदिनमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । बेन्जेमा फिफा विश्वकपमा फ्रान्सको टोलीमा रहेपनि तिघ्रामा चोट बोकेपछि विश्वकप अघि नै टोलीबाट बाहिरीएका थिए ।

ब्ल्याकमेलिङ काण्डमा फसेका उनी २०१६ देखि २०२१ सम्म प्रतिबन्धमा परेका थिए । फ्रान्सका लागि ९७ क्याप जितेका उनले ३७ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

बेन्जेमाले सन् २००६ मा फ्रान्सको टोलीमा स्थान बनाएका थिए । उनी युरो २००८ र २०१० को विश्वकप टोलीमा थिए । फ्रान्स यूरो २०१२ र २०१४ को विवकपमा क्वाटरफाइनलबाट बाहिरिदा पनि उनी टोलीका सदस्य थिए ।