२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै दलहरु मिलेर काम गर्नुको विकल्प छैनः झलनाथ खनाल



file
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सबै दलहरु मिलेर काम गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालयमा भएको नवनिर्वाचित सांसदहरुलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सम्मानित नेता खनालले जनताले कुनैपनि एक दललाई बहुमत नदिएकाले सबै मिलेर काम गर्नुको विकल्प नरहेको बताउनु भयो । उहाँले आगामी १ हप्ताभित्र सरकार कस्तो बन्छ भन्ने छिनोफानो भइसक्ने भन्दै सरकारले सही दिशा दिन सक्नुपर्ने बताउनु भयो । सम्मानित नेता खनालले बाम लोकतान्त्रिक सरकार नै बन्ने सबैभन्दा बढी सम्भावना देखिएको बताउनु भयो । उहाँले संख्या पुर्याएर सरकार बनाउने, कुनै मन्त्रालय लिने उद्देश्य लिएर अघि बढे धेरै अगाडि पुग्न नसकिने बताउनु भयो । उहाँले लक्ष्य, योजनाको आधारमा सरकार बनाउनुपर्ने भन्दै जनताको जल्दाबल्दा समस्याहरु संसदमा उठान पार्टीका नेताहरुलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यो त्रिशंकु संसद छ, कुनै एक पार्टीको बहुमत छैन, जनताले मिलेर काम गर भनेका छन् । त्यसैले यतिबेला जो कोहीले पनि मिलेर काम गर्नुको कुनै विकल्प छैन । सरकार कस्तो बन्छ भन्ने चर्चा छ । एक हप्तामा सरकार कस्तो बन्छ भन्ने दिशा आउँछ । वामपन्थी सरकार बन्नुपर्छ भन्नेकुरा पनि गरिरहेका छन्, वामपन्थी सरकार बन्ने आधारहरु हिजोको नेकपा एमालेको नेतृत्वले मोडेको छ । त्यसलाई नयाँ निर्माण गरिएको छैन । बाम लोकतान्त्रिक सरकार नै बन्ने सबैभन्दा बढी सम्भावना देखिन्छ । यस्तो बेलामा हामीले कसरी अघि बढ्ने भन्ने विषयमा सोच्नुपर्छ । हामीले खालि संख्या पुर्याएर सरकार बनाउने, कुनै मन्त्रालय लिने उद्देश्य लिएर अघि बढे धेरै अघि जाँदैनौँ । लक्ष्य, योजनाको आधारमा सरकार बनाउनुपर्छ । जनताको जल्दाबल्दा समस्या उठाउनुपर्छ । आगामी ५ वर्षमा एकीकृत समाजवादीलाई देशको पहिलो पार्टी बनाउने लक्ष्यबाट अघि बढ्नुपर्छ ।’

सम्मानित नेता खनालले आगामी ५ वर्षमा एकीकृत समाजवादीलाई देशको पहिलो पार्टी बनाउने लक्ष्यबाट अघि बढ्नुपर्ने बताउनु भयो ।