१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

मुस्ताङका १३ बस्ती नदीकटानको उच्च जोखिममाः स्थानीयवासी त्रसित

मुस्ताङका १३ बस्ती नदीकटानको उच्च जोखिममाः स्थानीयवासी त्रसित
अ अ+ अ-

गलेश्वर । मुस्ताङका १३ वटा बस्ती कालीगण्डकी नदी कटानको उच्च जोखिममा परेको छ । वर्षायाममा कालीगण्डकी नदीका कारण छुसाङदेखि लेतेसम्मका १३ बस्ती उच्च जोखिममा परेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा गरिएको एक अध्ययन अनुसन्धानले देखाएको छ ।

बारागुङ मुक्तिक्षेत्रको समर तथा चैले, घरपझोङको स्याङ, ठिनी र थासाङ गाउँपालिकाको लार्जुङ, कोवाङ र सौरुलगायतका बस्ती उच्च जोखिममा रहेको सो अध्ययनले देखाएको छ । तापमान वृद्धिसँगै हिमताल फुट्ने र बाढीपहिराका कारण तटीय क्षेत्र उच्च जोखिममा रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको छ । जलवायु परिवर्तनको असरका कारण हिमालपारिको जिल्ला मुस्ताङ भएर बग्ने नदी तथा खोलाकिनारका बस्ती उच्च जोखिममा पर्न थालेका छन् । त्यसैगरी हिमालमा हिमस्खलन हुने क्रम पनि बढ्दै गएको अध्ययनले देखाएको छ ।

हिमस्खलन बढेपछि सेता हिमाल काला पहाडमा परिणत हुँदै जानसक्ने खतरासमेत बढेको वातावरणवीद्हरुले बताएका छन् । मुस्ताङमा जलाधार क्षेत्र अनियन्त्रित बन्दै जान थालेको र पछिल्लो समयमा लुप्रा खोला, कागबेनी खोला, घरपझोङको ठिनी खोला र थासाङको तमो खोला, थापाखोलाले धार परिर्वतन गर्दै बस्तीमा जोखिम पुर्‍याएका वातावरणकर्मी सहदेव सिग्देलले बताउनुभयो । मुस्ताङमा असमान हिमपात हुने, हिमताल फुट्ने, हिमपहिरो जाँदा झनै जोखिम बढेको देखिएको छ । जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि हुँदा हिउँ पग्लने र भारी वर्षा हुन थालेका कारण कालीगण्डकी तथा सहायक खोलाका तटीय बस्ती उच्च जोखिममा परेका हुन् ।

वर्षायाममा आउने बाढीले कटान बढ्दै गएपछि कालीगण्डकी नदी बस्ती छेउसम्मै आइपुगेको हो । कटान नरोकिएपछि यी बस्तीका स्थानीयवासी त्रसित भएका छन् । कालीगण्डकी नदीको सतह वर्सेनि वृद्धि हुँदै जाँदा यी बस्ती जोखिममा परेका मुस्ताङका रोशन शेरचनले जानकारी दिनुभयो । उहाँले पछिल्लो समय जलवायु परिवर्तनको मार मुस्ताङले भोग्नुपरेको बताउँदै कालीगण्डकी नदीको जलचक्र प्रणाली र मुस्ताङको खेतीपातीसमेत प्रभावित हुँदै गएको छ भन्नुभयो ।

मुस्ताङमा गत मङ्सिरमा हिउँपहिरो गएको थियो । मानापाथी हिमालमा गएको हिमपहिरोले यहाँको जनजीवन त्रसित बनाएको थियो । त्यसअघि २०२८, २०५२ र २०५९ सालमा धौलागिरि क्षेत्रमा गएको हिमपहिरोले मानवीय क्षति हुनका साथै पशु चौपाया मरेका थिए । यता म्याग्दी क्षेत्रमा पनि कालीगण्डकी नदी कटानको समस्या विकराल बन्दै गएको छ । साँघुरिएर बगेको नदीले कटान गर्दा तटीय क्षेत्रका बासिन्दा वर्षाको समयमा त्रसित हुने गरेका छन् । भुरुङ, तातोपानी, दाना, बैंसरी र जिल्लाको सदरमुकाम बेनीबजारसमेत असुरक्षित रहेको छ ।

“कालीगण्डकी नदीमा कतिबेला बाढी आउछ कुनै टुङ्ङे नै हुँदैन”, बेनी बजारका रमेश श्रेष्ठले भन्नुभयो “जलवायु परिवर्तनको असर हिमालदेखि नदी आसपासको तटीय क्षेत्र र सिमसारमा तीव्ररुपले पर्दै जान थालेको छ ।” त्यसैगरी म्याग्दी नदी कटानको जोखिम पनि उत्तिकै छ । पश्चिम म्याग्दीका १८ वटा बस्ती म्याग्दी नदीको कटानका कारण वर्षामा सधैँ असुरक्षित रहने गरेका छन् । नदी किनारामा तटबन्ध गरेर नदीको धार परिवर्तन गर्ने प्रयास गरिए पनि वर्षेनि कटान नरोकिएको बेनी नगरपालिका–२ बगरफाँटका नारायण कार्कीले बताउनुभयो । रासस