३० भाद्र २०८३, मंगलवार
,
Latest
दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङका १३ बस्ती नदीकटानको उच्च जोखिममाः स्थानीयवासी त्रसित



अ+ अ-

गलेश्वर । मुस्ताङका १३ वटा बस्ती कालीगण्डकी नदी कटानको उच्च जोखिममा परेको छ । वर्षायाममा कालीगण्डकी नदीका कारण छुसाङदेखि लेतेसम्मका १३ बस्ती उच्च जोखिममा परेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा गरिएको एक अध्ययन अनुसन्धानले देखाएको छ ।

बारागुङ मुक्तिक्षेत्रको समर तथा चैले, घरपझोङको स्याङ, ठिनी र थासाङ गाउँपालिकाको लार्जुङ, कोवाङ र सौरुलगायतका बस्ती उच्च जोखिममा रहेको सो अध्ययनले देखाएको छ । तापमान वृद्धिसँगै हिमताल फुट्ने र बाढीपहिराका कारण तटीय क्षेत्र उच्च जोखिममा रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको छ । जलवायु परिवर्तनको असरका कारण हिमालपारिको जिल्ला मुस्ताङ भएर बग्ने नदी तथा खोलाकिनारका बस्ती उच्च जोखिममा पर्न थालेका छन् । त्यसैगरी हिमालमा हिमस्खलन हुने क्रम पनि बढ्दै गएको अध्ययनले देखाएको छ ।

हिमस्खलन बढेपछि सेता हिमाल काला पहाडमा परिणत हुँदै जानसक्ने खतरासमेत बढेको वातावरणवीद्हरुले बताएका छन् । मुस्ताङमा जलाधार क्षेत्र अनियन्त्रित बन्दै जान थालेको र पछिल्लो समयमा लुप्रा खोला, कागबेनी खोला, घरपझोङको ठिनी खोला र थासाङको तमो खोला, थापाखोलाले धार परिर्वतन गर्दै बस्तीमा जोखिम पुर्‍याएका वातावरणकर्मी सहदेव सिग्देलले बताउनुभयो । मुस्ताङमा असमान हिमपात हुने, हिमताल फुट्ने, हिमपहिरो जाँदा झनै जोखिम बढेको देखिएको छ । जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि हुँदा हिउँ पग्लने र भारी वर्षा हुन थालेका कारण कालीगण्डकी तथा सहायक खोलाका तटीय बस्ती उच्च जोखिममा परेका हुन् ।

वर्षायाममा आउने बाढीले कटान बढ्दै गएपछि कालीगण्डकी नदी बस्ती छेउसम्मै आइपुगेको हो । कटान नरोकिएपछि यी बस्तीका स्थानीयवासी त्रसित भएका छन् । कालीगण्डकी नदीको सतह वर्सेनि वृद्धि हुँदै जाँदा यी बस्ती जोखिममा परेका मुस्ताङका रोशन शेरचनले जानकारी दिनुभयो । उहाँले पछिल्लो समय जलवायु परिवर्तनको मार मुस्ताङले भोग्नुपरेको बताउँदै कालीगण्डकी नदीको जलचक्र प्रणाली र मुस्ताङको खेतीपातीसमेत प्रभावित हुँदै गएको छ भन्नुभयो ।

मुस्ताङमा गत मङ्सिरमा हिउँपहिरो गएको थियो । मानापाथी हिमालमा गएको हिमपहिरोले यहाँको जनजीवन त्रसित बनाएको थियो । त्यसअघि २०२८, २०५२ र २०५९ सालमा धौलागिरि क्षेत्रमा गएको हिमपहिरोले मानवीय क्षति हुनका साथै पशु चौपाया मरेका थिए । यता म्याग्दी क्षेत्रमा पनि कालीगण्डकी नदी कटानको समस्या विकराल बन्दै गएको छ । साँघुरिएर बगेको नदीले कटान गर्दा तटीय क्षेत्रका बासिन्दा वर्षाको समयमा त्रसित हुने गरेका छन् । भुरुङ, तातोपानी, दाना, बैंसरी र जिल्लाको सदरमुकाम बेनीबजारसमेत असुरक्षित रहेको छ ।

“कालीगण्डकी नदीमा कतिबेला बाढी आउछ कुनै टुङ्ङे नै हुँदैन”, बेनी बजारका रमेश श्रेष्ठले भन्नुभयो “जलवायु परिवर्तनको असर हिमालदेखि नदी आसपासको तटीय क्षेत्र र सिमसारमा तीव्ररुपले पर्दै जान थालेको छ ।” त्यसैगरी म्याग्दी नदी कटानको जोखिम पनि उत्तिकै छ । पश्चिम म्याग्दीका १८ वटा बस्ती म्याग्दी नदीको कटानका कारण वर्षामा सधैँ असुरक्षित रहने गरेका छन् । नदी किनारामा तटबन्ध गरेर नदीको धार परिवर्तन गर्ने प्रयास गरिए पनि वर्षेनि कटान नरोकिएको बेनी नगरपालिका–२ बगरफाँटका नारायण कार्कीले बताउनुभयो । रासस