७ असार २०८३, आईतवार
,
Latest
गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जेन्टिनाको जितपछि केरलामा झडप, तीन जनामाथि चक्कु प्रहार



अ+ अ-

एजेन्सी । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचाल्यो ।

कतारको दोहास्थित लुसेल रङ्गशालामा आइतबार भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितिसकेको छ ।

जितको विश्वभर उत्सव मनाइयो । भारतका मानिसहरूले पनि यो खेलको आनन्द लिए । खेलपछि अर्जेन्टिना र मेसीका फ्यानले पनि जितको खुसी मनाएका थिए । केरलामा अर्जेन्टिनाको जितको खुसीयाली मनाइयो । तर, यस अवधिमा हिंसात्मक घटनाहरू पनि बाहिर आएका छन् ।

केरलाको कन्नूरमा फ्रान्स र अर्जेन्टिनाका समर्थकबीच झडप भएको छ । यस क्रममा तीन जना घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । झडपका क्रममा चक्कु प्रहार समेत गरिएको थियो ।

प्रहरीका अनुसार घटना पल्लियामुला नजिकै भएको हो । अर्जेन्टिनाका फ्यानहरूले फ्रेन्च फ्यानलाई गाली गरे, जसको परिणाम हिंसामा बदलियो । प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । अर्जेन्टिनाको जितपछि खुसीयाली मनाउने मानिसहरूलाई सम्हाल्ने क्रममा दुई प्रहरी अधिकारीमाथि आक्रमण समेत भएको थियो ।

कार्यक्रमस्थलमा हड्ताल मच्चाउने दुई युवालाई हटाउने क्रममा हवल्दारमाथि आक्रमण भएको हो । प्रहरीका अनुसार कोल्लममा एक १७ वर्षीय युवक अक्षय कुमारको स्थानीय स्टेडियमबाट अर्जेन्टिना प्रशंसकहरूको विजय र्यालीको क्रममा मृत्यु भएको छ ।




भर्खरै