५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलाका बस्तीमा परम्परागत पानीघट्ट लोप हुँदै



अ+ अ-

खलङ्गा । दार्चुलाका गाउँघरमा पछिल्लो समय विद्युत् विस्तार भएसँगै पानीघट्ट लोप हुँदै गएका छन् । आधुनिक प्रविधि भित्रिएपछि पानीघट्ट लोप हुँदै गएका हुन् ।

शैल्यशिखर नगरपालिका–६ का अकबरसिंह धामी विगतमा परम्परागतरुपमा चलिआएको जाँतोलाई आधुनिकतामा परिणत गर्दै लगेको बताउनुहुन्छ । विद्युत्को पहुँच सबैतिर पुगेसँगै पानीघट्ट लोप हुन थालेको उहाँको भनाइ छ । महाकाली नगरपालिका–७ का फगिरसिंह धामी केही वर्षअघि घरघरमा जाँतोमा अन्न पिस्ने गरेकामा अहिले आधुनिक चक्की स्थापनासँगै त्यो लोप भएको बताउनुहुन्छ ।

रातभरि जाँतोमा अन्न पिँध्नुपर्ने बाध्यतालाई मध्यजनर राख्दै स्थानीय सामग्री प्रयोग गरेर निर्माण गरिने पानीघट्ट पनि केही वर्षयता लोप हुँदै गएका छन् । पानीको मुहान सुक्दै जानु, विद्युतीय मिल भित्रिनुलगायत कारणले पानीघट्ट लोप हुँदै गएका छन् । छिटोछरितोका लागि विद्युतीय मिलको स्थापना गाउँगाउँमा भएपछि पानीघट्ट बनाउ छाडेको र पानीघट्टसम्बन्धी कसैले चासो नराखेका धामीले बताउनुभयो ।

“केही वर्ष अगाडिसम्म दिनभरि मेलापात गरेर रातिको समयमा अन्न पिसानी गर्न पानीघट्ट जाने गर्दथे, अहिले घरघरमा विद्युत्बाट चल्ने आधुनिक मेसिन आएसँगै पानीघट्टको कसैले वास्ता गरेका छैनन्”, शैल्यशिखर–६ का दानसिंह धामीले भन्नुभयो । पानीघट्टमा पिठो पिस्न समय लाग्ने र विद्युतीय मिलमा छिटोछरितो हुने भएकाले पनि घट्टको प्रयोग घट्दै गएको उहाँको भनाइ छ ।




भर्खरै