९ माघ २०८१, बुधबार
,
Latest
सैफ प्रकरणमा नयाँ मोड, पक्राउ परेका अभियुक्तको अनुहार घरभित्र पसेको व्यक्तिसँग मिलेन ! वनको समस्या समाधान गर्न ऐन संशोधनको तयारी, मन्त्रालयद्वारा कार्यदल गठन त्रिभुवन विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित चिनियाँ नागरिक पक्राउ खो खो उपविजेता टोलिलाई रास्वपाको सम्मान नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान ल्याउँदैछौँः गृहमन्त्री लेखक यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु यसो भए स्वदेशमै बस्छन् युवा यु–१९ विश्वकप क्रिकेटः नेपाल जितविहिन, अष्ट्रेलियासँग ८३ रनले पराजित समपूरक अनुदान सम्बन्धी कार्यविधि, २०८१ स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरको मनपरी, जनविश्वास गुमाउँदै महानगर



अ+ अ-

काठमाडौँ । काठमाडौँको अनामनगरमा महानगरको ज्यादती विरुद्ध सर्वसाधारणले ४ घण्टा महानगरपालिकाको गाडी नियन्त्रणमा लिएका छन् ।

आईतबार काठमाडौँको अनामनगर क्षेत्रमा निजी जग्गामा राखिएका सवारीसाधन महानगरको टोलीले उठाएर गाडीमा राखेपछि त्यसको विरोधमा स्थानीयले मोटरसाईकल लोड गरेको महानगरको गाडीलाई नियन्त्रणमा लिएका हुन् ।

निजी निवास अगाडि छोडिएको व्यक्तिको जग्गाको एक लेनमा पार्किङ गर्न दिने यसअघिको सहमति विपरित महानगरको टोलीले सवारीसाधन उठाएपछि स्थानीय आक्रोशित बनेका थिए । स्थानीयले महानगरले नीजी सम्पतीको प्रयोग गर्न पाउने संविधान प्रदत्त अधिकार प्रयोगमा अवरोध श्रृजना गरेको भन्दै महानगरको कार्यबिरुद्ध नाराबाजी गरेका थिए । स्थानीयको बिरोधका कारण अनामनगर क्षेत्रको यातायात केही समय तनावग्रस्त बनेको थियो ।

एक सर्वसाधरणले महानगर पालिका र ट्राफिक प्रहरीबीच समन्वय बिना जनतालाई महानगरले दुःख दिने काम गरेको भन्दै बिरोध गरेका थिए । उहाँले महानगरले राजश्व उठाउने बहाना बनाउँदै गलत काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘महानगरसँग हामीले के विश्वास गर्ने, हिजो एउटा कुरा भनेको थियो, आज अर्कै भनेर बाइक लिएर गएको छ । एक लाइन राख्न पाउँछ भनेर गएको हो । महानगर र ट्राफिक प्रहरीबीच समन्वय नै छैन अनि सर्वसाधारणलाएई दुःख दिन मिल्छ । राजश्व उठाउने बहाना हो भन्ने स्पष्ट भन्नुस् । महानगरपालिकाले सरासर गलत गरिरहेको छ, जनतालाई जुनबेला पनि दुःख दिएर हुन्छ । राज्यले नै स्पष्ट नीति दिँदैन भने हामी कसरी चल्ने ?

स्थानीयहरुले महानगरको गाडी नियन्त्रणमा लिए पछि महानगरले प्रहरी परिचालन बलप्रयोग गर्दै सवारी साधन उठाएर लगेको छ ।