• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

नयाँबानेश्वरमा तनावः प्रहरीले हान्यो प्रदर्शनकारीमाथि पानीको फोहरा



काठमाडौं । एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले निषेधित क्षेत्र तोडेसँगै काठमाडौंको नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण बनेको छ ।

प्रहरीले सडकमा लगाएको बार हटाएर प्रदर्शनकारी अघि बढेका छन् भने त्यसपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेको छ । 

आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले एमसिसी टेबल गर्न लागेको छ। त्यसैको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहराले हानेको हो। 

यस्तै, केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नयाँबानेश्वर क्षेत्रमा गरिएको विरोध प्रदर्शनका कारण काठमाडौंको यातायात आवागमनलाई समेत प्रभावित बनाएको छ ।

आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले प्रतिनिधिसभामा एमसिसी टेबल गर्ने निर्णय गरेको थियो।