११ श्रावण २०८३, सोमबार
,
Latest
सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’ बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: मन्त्री यादव परराष्ट्र मन्त्रालयको गतिविधिले कुटनीतिक इतिहास लेख्न गाह्रो भयोः इतिहासविद् पोखरेल माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जेन्टिनाको जितको कामना गर्दै मेस्सीको नाममा ग्रह शान्ति



अ+ अ-

हेटौँडा । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनाको जितको कामना गर्दै एक युवकले लिओनल मेस्सीको नाममा ग्रह शान्ति पूजा गरेका छन् ।

शनिवार मकवानपुरको हेटौँडा-११ का सागर घिमिरेले अर्जेन्टिनाको जितको लागि आफ्नै घरमा ग्रह शान्ति गरेका हुन् ।

घिमिरेले समय चक्रमा ग्रहहरूका कारण मेस्सीलाई विश्वकप जित्न वाधा–अड्चन नहोस भन्ने उद्देश्यले ग्रह पूजा गरेको बताए । उनले अर्जेन्टिनाको जर्सि लगाएर पूजा गरेका हुन् ।

आज आइतबार राति ८ः४५ बजेबाट कतार विश्वकप उपाधिको लागि अर्जेन्टिना र फ्रान्स भिड्दै छन् । दुबै टिम आफ्नो तेस्रो उपाधि जित्नका लागि आतुर छन् ।

समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको अर्जेन्टिनाले अन्तिम १६ मा अष्ट्रेलियालाई २–१ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनायो । यस्तै, क्वाटरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टीमा ४–३ गोलले हराएको अर्जेन्टिना सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले पराजित गर्दै फाइनलमा पुगेको हो ।

यता, समूह ‘डी’बाट विजेता रही नकआउट चरणमा प्रवेश गरेको साविक विजेता फ्रान्सले अन्तिम १६ मा पोल्याण्डलाई ३–१ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनायो । यस्तै, क्वाटरफाइनलमा इंग्ल्याण्डलाई २–१ गोलले पाखा लगाउँदै फ्रान्सले सेमिफाइनलमा मोरक्कोविरुद्ध २–० गोलको जितसहित फाइनलको यात्रा तय गरेको हो ।

अर्जेन्टिनाका कप्तान लियोनल मेसी र फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेले जारी विश्वकपमा समान ५–५ गोल गर्दै गोल्डेन बुटको दौडमा रहेकाले यो विश्वकपको फाइनल थप रोचक बन्न पुगेको छ । ३५ वर्षीय मेसी पहिलोपटक विश्वविजेताको ट्रफि उचाल्न चाहन्छन् भने अर्कोतर्फ मात्र २३ वर्षका एम्बाप्पे दोस्रोपटक ट्रफि उचाल्ने दाउमा छन् ।