११ श्रावण २०८३, सोमबार
,
Latest
त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सभापति थापाद्वारा संयम अपनाउन अपिल देवानगञ्ज घटनामा मृतकप्रति मुख्यमन्त्री कार्कीको श्रद्धाञ्जली, सामाजिक सद्भाव कायम राख्न आग्रह इतिहास लेखनलाई तथ्यमा आधारित बनाउन सर्वमान्य संयन्त्र गठन गर्नुपर्छः सांसदहरू पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस भाषा, संस्कृति र इतिहास संरक्षणमा राज्य गम्भीर बन्नुपर्छः उपाध्यक्ष भण्डारी समृद्धिका लागि कानून वाधक बन्न हुँदैनः मन्त्री गौतम सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जेन्टिनाको जितको कामना गर्दै मेस्सीको नाममा ग्रह शान्ति



अ+ अ-

हेटौँडा । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनाको जितको कामना गर्दै एक युवकले लिओनल मेस्सीको नाममा ग्रह शान्ति पूजा गरेका छन् ।

शनिवार मकवानपुरको हेटौँडा-११ का सागर घिमिरेले अर्जेन्टिनाको जितको लागि आफ्नै घरमा ग्रह शान्ति गरेका हुन् ।

घिमिरेले समय चक्रमा ग्रहहरूका कारण मेस्सीलाई विश्वकप जित्न वाधा–अड्चन नहोस भन्ने उद्देश्यले ग्रह पूजा गरेको बताए । उनले अर्जेन्टिनाको जर्सि लगाएर पूजा गरेका हुन् ।

आज आइतबार राति ८ः४५ बजेबाट कतार विश्वकप उपाधिको लागि अर्जेन्टिना र फ्रान्स भिड्दै छन् । दुबै टिम आफ्नो तेस्रो उपाधि जित्नका लागि आतुर छन् ।

समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको अर्जेन्टिनाले अन्तिम १६ मा अष्ट्रेलियालाई २–१ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनायो । यस्तै, क्वाटरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टीमा ४–३ गोलले हराएको अर्जेन्टिना सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले पराजित गर्दै फाइनलमा पुगेको हो ।

यता, समूह ‘डी’बाट विजेता रही नकआउट चरणमा प्रवेश गरेको साविक विजेता फ्रान्सले अन्तिम १६ मा पोल्याण्डलाई ३–१ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनायो । यस्तै, क्वाटरफाइनलमा इंग्ल्याण्डलाई २–१ गोलले पाखा लगाउँदै फ्रान्सले सेमिफाइनलमा मोरक्कोविरुद्ध २–० गोलको जितसहित फाइनलको यात्रा तय गरेको हो ।

अर्जेन्टिनाका कप्तान लियोनल मेसी र फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेले जारी विश्वकपमा समान ५–५ गोल गर्दै गोल्डेन बुटको दौडमा रहेकाले यो विश्वकपको फाइनल थप रोचक बन्न पुगेको छ । ३५ वर्षीय मेसी पहिलोपटक विश्वविजेताको ट्रफि उचाल्न चाहन्छन् भने अर्कोतर्फ मात्र २३ वर्षका एम्बाप्पे दोस्रोपटक ट्रफि उचाल्ने दाउमा छन् ।