५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘निर्वाचनमा राज्यका सबै संयन्त्रले सक्रियता एवं इमान्दारिता देखाए’



अ+ अ-

विराटनगर । निर्वाचन आयोग नेपालका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचनमा राज्यका सबै संयन्त्रले देखाएको सक्रियता एवं इमान्दारिताका कारण निर्वाचन सफल भएको भन्दै धन्यवाद दिनुभएको छ ।

कर्मचारी मिलन केन्द्र विराटनगरद्वारा आज सुनसरीको शान्तिवनमा आयोजित रमाइलो वनभोज तथा जिल्ला अधिवेशनमा बोल्दै उहाँले निर्वाचन आयोगको नेतृत्वदायी भूमिका र कर्मचारीले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेका कारण निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो ।

आफू निजामती सेवामा प्रवेश गरेको ४० वर्ष भएको स्मरण गर्दै कर्मचारी मिलन केन्द्रले आफ्नो इतिहास र परम्परालाई कायम राख्नुपर्ने बताउनुभयो ।

मोरङका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले चुनौतीपूर्ण रहेको यो निर्वाचन स्वच्छ, भयरहित, शान्त वातावरणमा सम्पन्न भएकामा खुसी व्यक्त गर्नुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन एकै चरणमा बिना कुनै विवाद, भयरहित, मितव्ययिता भएकामा खुसी व्यक्त गर्नुभयो ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष टङ्क गौतमले विभिन्न सामाजिक एवं रचनात्मक कार्य गर्ने केन्द्रले कोष बढाएर रु १० लाख बनाएकामा खुसी व्यक्त गर्नुभयो । अधिवेशनमा सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति पनि गठन भएको छ ।




भर्खरै