३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘निर्वाचनमा राज्यका सबै संयन्त्रले सक्रियता एवं इमान्दारिता देखाए’



अ+ अ-

विराटनगर । निर्वाचन आयोग नेपालका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचनमा राज्यका सबै संयन्त्रले देखाएको सक्रियता एवं इमान्दारिताका कारण निर्वाचन सफल भएको भन्दै धन्यवाद दिनुभएको छ ।

कर्मचारी मिलन केन्द्र विराटनगरद्वारा आज सुनसरीको शान्तिवनमा आयोजित रमाइलो वनभोज तथा जिल्ला अधिवेशनमा बोल्दै उहाँले निर्वाचन आयोगको नेतृत्वदायी भूमिका र कर्मचारीले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेका कारण निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो ।

आफू निजामती सेवामा प्रवेश गरेको ४० वर्ष भएको स्मरण गर्दै कर्मचारी मिलन केन्द्रले आफ्नो इतिहास र परम्परालाई कायम राख्नुपर्ने बताउनुभयो ।

मोरङका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले चुनौतीपूर्ण रहेको यो निर्वाचन स्वच्छ, भयरहित, शान्त वातावरणमा सम्पन्न भएकामा खुसी व्यक्त गर्नुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन एकै चरणमा बिना कुनै विवाद, भयरहित, मितव्ययिता भएकामा खुसी व्यक्त गर्नुभयो ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष टङ्क गौतमले विभिन्न सामाजिक एवं रचनात्मक कार्य गर्ने केन्द्रले कोष बढाएर रु १० लाख बनाएकामा खुसी व्यक्त गर्नुभयो । अधिवेशनमा सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति पनि गठन भएको छ ।