काठमाडौ । एमसीसी संसद्मा टेबल गर्न सत्ता साझेदार दलहरु सहमत भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा अहिले भर्खरै संसद् भवन पुग्नुभएको छ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बस्नुअघि अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बसिरहेको छ ।
संसद्मा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी टेबल गर्नुपर्ने भए पनि उहाँले आफू बिरामी भएको भनी संसद्मा उपस्थित हुन नसक्ने जनाएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी प्रस्तुत गर्नुहुने जनाइएको छ ।
यसैबीच कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी संसद्मा टेबल गर्ने सहमति गरेको छ । बैठकमा एमसीसीमा टेबल गर्ने सहमति भएको लोसपाका सांसद लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।