२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनैतिक दलको छाति मरिच जस्तो



अ+ अ-

मुस्लिम समुदाय राष्ट्र र राष्ट्रियताको बारेमा सधैं चनाखो हुने समुदाय हो। राष्ट्र निर्माणमा क्रममा हजारौंको आफ्नो बंश नै समाप्त पारेर भए पनि राष्ट्रलाइ एक ढिक्का बनाएर राख्न अत्यन्तै महत्त्वपूर्ण भुमिका खेलेको यो समुदायको इतिहास छ।

राष्ट्रियताको रक्षा र देश विखण्डन बाट जोगाउन जहिले पनि अग्रसर भइ आफ्नो आहुति दिन पछि नपर्ने गरि आफ्नो कर्तव्य पुरा गर्ने एक इमान्दार समुदाय भित्र पर्छ। यो समुदाय भित्र एकाध स्वार्थी कफन चोर विदेशीको दलाल हरु बाहेक अरु सबै देश भक्त राष्ट्र प्रति समर्पित छन्। ईस्लामिक कानुनले नै हामिलाइ भन्छ जुन देशमा तिमि बस्छौ त्यो देशलाई माया गर र देशको माटोको रक्षा गर भन्ने आदेश छ।

मेरो राजनैतिक दल संग विनम्र अनुरोध यो छकि मुस्लिम समुदायले आफ्नो देश प्रति निभाउने कर्तव्य निष्ठा पुर्वक बिना कन्जुस्याइँ निभाएको छ। यदि मुस्लिम समुदायलाइ सम्मान गर्ने हो भने राष्ट्रको हरेक अंगमा लैजाने हिम्मत राजनैतिक दलले मरिच जस्तो छाति खुम्च्याउने होइन सगरमाथा जस्तो बिशाल फराकिलो छाती राखेर उत्पीडनमा परेका हरेक समुदायलाई सम्मान गर्नु राज्यको कर्तव्य हो।

अब गठन हुन गैराखेको राष्ट्रपति, उपराष्टपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष, उपाध्यक्ष, लगायतको ठाउमा हाम्रो समुदायबाट प्रतिनिधित्व गराइयोस भन्ने जोडदार माग राख्छ छु। यो समुदायको भोटको मात्र अधिकार होइन कि राष्ट्र निर्माणमा पनि महत्त्वपूर्ण भुमिका दिइयोस् त्यो क्षमता यो समुदायमा छ। मुस्लिम समुदाय लगायत उत्पीडनमा परेका समुदायलाइ राष्ट्र निर्माणमा बाहिर राखेर निर्माण गरिने कुनै पनि कार्य अधुरो हुन्छ।

तसर्थ राज्यको हरेक अंगमा समान र सम्मानपूर्ण प्रतिनिधित्व गराउन सम्पुर्ण मुस्लिम समुदायको तर्फबाट राजनैतिकदलहरूमा  विनम्र अनुरोध गर्दछु ।

मिया नेकपा एकिकृत समाजवादीका नेता हुनुहुन्छ I