• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि ★   बलरको भरमा विश्वकप जितेको भारत ★   शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छुः मन्त्री श्रेष्ठ ★   तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने ★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने

‘हरेक फिल्ममा उस्तै सङ्घर्ष हुन्छ’



काठमाडौँ । अभिनेता आर्यन सिग्देल सफलताको पर्खाइमा छन् । पछिल्लो फिल्ममार्फत सफलता पाउन नसकेका अभिनेता सिग्देल पुस १५ गतेदेखि प्रदर्शनमा आउने ‘डिसेम्बर फल्स’ बाट आशावादी छन् ।

बिहीबार बेलुकी आयोजित पत्रकार सम्मेलनमा अभिनेता सिग्देलले सफलता र निरन्तरताको बारेमा प्रस्ट्याए । “म कतै हराएको छैन । फिल्ममा अभिनय गरिरहेको छु । मेरो लागि हरेक फिल्म नयाँ हुन्छ”, अभिनेता सिग्देलले भने, “हरेक फिल्ममा उही सङ्घर्ष र मेहनत हुन्छ । यद्यपि पछिल्लो समय आशावादी भएको फिल्म भने यही हो । दर्शकले खोजे झैँ यसमा हाँसो, रोदन, प्रेम र द्वन्द्वको मिश्रण छ ।”

अभिनेता सिग्देलले डेढदशक लामो फिल्मी यात्रामा ४० वटामा अभिनय गरेका छन् । ‘क्लिन हिट’ को खोजीमा रहेका अभिनेता सिग्देल यसपटक प्राविधिक पक्षमा सक्रिय छन् । “मैले सहयोगी भाव डेब्यु फिल्म ‘किस्मत’ देखि नै देखाउने गरेको छु । म फिल्म खेलेर आफ्नो काम मात्र पूरा गर्दिन । राम्रो बनाउन सकेको मेहनत गर्छु”, उनले भने । फिल्ममा आर्यनसँगै उपासना सिंह ठकुरी, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायत कलाकारको अभिनय रहेको छ ।

रामप्रसाद रिजाल निर्माता रहेको ‘डिसेम्बर फल्स’ रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । यसमा कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले छन् । निर्माणमा रिजाललाई राजकुमार भट्टले साथ दिएका छन् । यसमा विपीका खनालको कथा, केदार भुसाल र प्रतीक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रवीण सिंहको कोरियोग्राफी छ ।