६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालमै विहे…



अ+ अ-

काठमाडौँ । ह्याम्स अस्पतालको शय्याबाटै एक जोडीको विवाह भएको छ । एपेन्डिसाइटिसको शल्यक्रिया गरेर अस्पताल बसेका नवीन गिरी र जर्मन नागरिक इंकाबीच अस्पतालमै विवाह भएको हो । बिरामी भएर अस्पतालमै विवाह भएको नेपालमा सम्भवतः यो पहिलो घटना हो ।

मंसिर २७ गते नवीन र इंकाबीच चन्द्रागिरिमा विवाह गर्ने तय भएको थियो । विवाहका लागि इंकाका बुबाआमा र आफन्त पनि जर्मनीबाट नेपाल आइसकेका थिए ।

तर विवाह हुनुभन्दा अघिल्लो रात नवीनलाई एक्कासि पेट दुखेपछि ह्याम्स अस्पताल भर्ना भए । उनलाई एपेन्डिसाइटिस भएपछि निर्धारित साइतमा विवाह हुन नसक्ने अवस्था आयो । एपेन्डिसाइटिसको शल्यक्रिया गर्नेबित्तिकै विवाह गर्न जोखिम हुने र विवाहको मिति सार्दा माघ महिनामा मात्र हुने साइत जुर्यो ।

तर इंकाका बुबाआमा र आफन्त पनि चाँडै जर्मनी फर्किनुपर्ने थियो । त्यसपछि सीमित आफन्त, चिकित्सक र नर्सको उपस्थितिबीच ह्याम्स अस्पतालको ९१५ नम्बर बेडमा नवीन र इंकाबीच विवाह भएको अस्पतालले जनाएको छ । विवाहमा उपस्थित चिकित्सक र नर्सले पनि दुवैलाई बधाई दिएका थिए ।

फोटो- ह्याम्स अस्पताल