३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालमै विहे…



अ+ अ-

काठमाडौँ । ह्याम्स अस्पतालको शय्याबाटै एक जोडीको विवाह भएको छ । एपेन्डिसाइटिसको शल्यक्रिया गरेर अस्पताल बसेका नवीन गिरी र जर्मन नागरिक इंकाबीच अस्पतालमै विवाह भएको हो । बिरामी भएर अस्पतालमै विवाह भएको नेपालमा सम्भवतः यो पहिलो घटना हो ।

मंसिर २७ गते नवीन र इंकाबीच चन्द्रागिरिमा विवाह गर्ने तय भएको थियो । विवाहका लागि इंकाका बुबाआमा र आफन्त पनि जर्मनीबाट नेपाल आइसकेका थिए ।

तर विवाह हुनुभन्दा अघिल्लो रात नवीनलाई एक्कासि पेट दुखेपछि ह्याम्स अस्पताल भर्ना भए । उनलाई एपेन्डिसाइटिस भएपछि निर्धारित साइतमा विवाह हुन नसक्ने अवस्था आयो । एपेन्डिसाइटिसको शल्यक्रिया गर्नेबित्तिकै विवाह गर्न जोखिम हुने र विवाहको मिति सार्दा माघ महिनामा मात्र हुने साइत जुर्यो ।

तर इंकाका बुबाआमा र आफन्त पनि चाँडै जर्मनी फर्किनुपर्ने थियो । त्यसपछि सीमित आफन्त, चिकित्सक र नर्सको उपस्थितिबीच ह्याम्स अस्पतालको ९१५ नम्बर बेडमा नवीन र इंकाबीच विवाह भएको अस्पतालले जनाएको छ । विवाहमा उपस्थित चिकित्सक र नर्सले पनि दुवैलाई बधाई दिएका थिए ।

फोटो- ह्याम्स अस्पताल