९ माघ २०८१, बुधबार
,
Latest
जलपर्यटनः ‘भर्जिन ल्याण्ड’ सुदूरपश्चिमले फर्काउन सक्छ लय सैफ अली खानको घर पुग्यो मुम्बई पुलिस गोदाममा मल छ, किसानले पाउँदैनन् घरजग्गा व्यवसायीद्वारा अध्यादेशको स्वागत, हदबन्दी छुट दिँदा व्यवसायी उत्साहित अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीको भेटघाटका कार्यक्रम स्थगित हिउँदे विदा उपयोगः शिक्षक तालिम, नतिजा सुधारका कक्षा र सिर्जनात्मक सिकाइ आइसिसी यू–१९ महिला विश्वकपः अस्ट्रेलियाविरूद्ध नेपाल पहिले फिल्डिङमा होबार्ट हरिकेन्स ७ वर्षपछि बीबीएलको फाइनलमा लागुऔषध कारोबार: झापामा छ महिनामा दुई सय १३ जना पक्राउ एचपिभी खोप अभियान सफल पार्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालमै विहे…



अ+ अ-

काठमाडौँ । ह्याम्स अस्पतालको शय्याबाटै एक जोडीको विवाह भएको छ । एपेन्डिसाइटिसको शल्यक्रिया गरेर अस्पताल बसेका नवीन गिरी र जर्मन नागरिक इंकाबीच अस्पतालमै विवाह भएको हो । बिरामी भएर अस्पतालमै विवाह भएको नेपालमा सम्भवतः यो पहिलो घटना हो ।

मंसिर २७ गते नवीन र इंकाबीच चन्द्रागिरिमा विवाह गर्ने तय भएको थियो । विवाहका लागि इंकाका बुबाआमा र आफन्त पनि जर्मनीबाट नेपाल आइसकेका थिए ।

तर विवाह हुनुभन्दा अघिल्लो रात नवीनलाई एक्कासि पेट दुखेपछि ह्याम्स अस्पताल भर्ना भए । उनलाई एपेन्डिसाइटिस भएपछि निर्धारित साइतमा विवाह हुन नसक्ने अवस्था आयो । एपेन्डिसाइटिसको शल्यक्रिया गर्नेबित्तिकै विवाह गर्न जोखिम हुने र विवाहको मिति सार्दा माघ महिनामा मात्र हुने साइत जुर्यो ।

तर इंकाका बुबाआमा र आफन्त पनि चाँडै जर्मनी फर्किनुपर्ने थियो । त्यसपछि सीमित आफन्त, चिकित्सक र नर्सको उपस्थितिबीच ह्याम्स अस्पतालको ९१५ नम्बर बेडमा नवीन र इंकाबीच विवाह भएको अस्पतालले जनाएको छ । विवाहमा उपस्थित चिकित्सक र नर्सले पनि दुवैलाई बधाई दिएका थिए ।

फोटो- ह्याम्स अस्पताल