७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षमान पुनको स्वास्थ्यमा सुधार



file
अ+ अ-

काठमाडौँ । चीनमा उपचाररत नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा पुन मंसिर २२ गतेदेखि उपचाररत छन् ।

स्वास्थ्यमा सुधार आएसँगै उनी एक साताभित्र नेपाल फर्किने तयारी भइरहेको बताइएको छ । पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित छन् ।

चुनावी धपेडीका कारण फेरि रोग बल्झिएपछि उनी उपचारका लागि चीन प्रस्थान गरेका थिए ।