
काठमाडौं । प्रतिनिधिसभाको केहीबेरमा बस्न लागेको बैठकको कार्यसूची तयार भएको छ ।
अमेरिकी सहयता परियोजना (एमसीसी) अन्ततः सदनको कार्यसूचीमा परेको छ ।
आइतबार बिहान बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकपछि एमसीसीलाई कार्यसूचीमा राखिएको हो ।
एमसीसीलाई अर्थमन्त्री जनार्दन शर्माले संसद बैठकमा पेस गर्ने कार्यसुचीमा जनाइएको छ ।