२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपकको झटारोः ‘कांग्रेसले सही ठाउँमा सही मान्छे लैजान्छ भन्थे हो रहेछ’



अ+ अ-

काठमाडौं । सामाजिक सञ्जालमा सक्रिय रहने कलाकार दीपक राज गिरी तिखो व्यंग्य गर्न माहिर छन् । सामाजिक मात्र नभई राजनीतिक क्षेत्रमा पनि उनको व्यंग्य बेलाबखत पुग्ने गर्छ । 

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई चयन गरेपछि दीपकले व्यंग्य गरेका हुन् ।  

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले कम्यूनिष्ट सरकारकाविरुद्ध लेख्दा आफूलाई धेरैले कांग्रेस भनेको संझदै अब कांग्रेस सरकारका विरुद्ध लेखेर कम्यूनिष्ट हुने पालो आएको उल्लेख गरेका छन् । 

त्यतीमात्र नभई उनले तिखो व्यंग्य गर्दै लेखेका छन् , ‘कांग्रेसले सही ठाउँमा सही मान्छे लैजान्छ भन्ने सुनेको थिएँ, हो रहेछ । स्वास्थ्य मन्त्री भनेर मोटो घाटो खाइलाग्दो मान्छे छानेरै छाड्यो ।’