३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्र: गठबन्धनमा सहमत, कार्यव्यवस्था परामर्श समितिमा असहमत



अ+ अ-

काठमाडौँ । सत्ता साझेदार दलको बैठकमा एमसीसी संसद्मा टेबल गर्न सहमत भएको नेकपा (माओवादी केन्द्र) सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा असहमत देखिएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसद्मा एमसीसी टेबल गर्न सहमत हुनुभएको थियो । 

तर उहाँ सहमत भए पनि उहाँकै पार्टीका नेताहरु एमसीसीका सम्बन्धमा असहमत देखिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, जयपुरी घर्ती र रेखा शर्माले एमसीसी संसद्मा टेबल गर्ने विषयमा असहमति प्रकट गरेका हुन् ।

उनीहरुले कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसीलाई संसद्को कार्यसूचीमा  पार्ने विषयलाई लिखितरुपमै असमति प्रकट गरेका हुन् ।