२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख सापकोटा र अर्थमन्त्री शर्माबीच छलफल



अ+ अ-

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र मा। अर्थमन्त्री जनार्दन शर्मा बीच आज छलफल भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफल संघीय संसदलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा केन्द्रीत रहेको थियो ।

भेटमा उहाँहरुबीच विपद् संकटग्रस्त क्षेत्र घोषित जिल्लाहरुमा सरकारको प्राथमिकताबारे पनि छलफल भएको छ । सभामुखको जिज्ञासामा अर्थमन्त्री शर्माले विपद्ग्रस्त सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा तत्काल  बेलीब्रिज राख्न निर्देशन दिइसकेको जानकारी गराउनु भयो । 

सरकारले साउन ४ गते सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।