२० असार २०८३, शनिबार
,
Latest
पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्नाटकका मुख्यमन्त्री येदियुरप्पाले दिए राजीनामा



अ+ अ-

एजेन्सी । छिमेकी राष्ट्र भारत कर्नाटक राज्यका मुख्यमन्त्री बीएस येदियुरप्पाले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । 

भारतीय जनता पार्टी (भाजपा) सरकारको दुई वर्ष पुरा भएको कार्यक्रममा भाग लिन पुगेका यदियुरप्पाले राजीनामाको घोषणा गरेका हुन् ।

राजीनामा घोषणा गर्दै उनले आफूसधैँ अग्निपरीक्षाबाट गुज्रिएको बताएका थिए । त्यसपछि उनले राजभवन पुगेर गभर्नरलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् । उनको राजीनामालाई स्वीकार पनि गरिएको छ । नयाँ मुख्यमन्त्री घोषणा नभएसम्म उनी कार्यकारी मुख्यमन्त्री कायम रहनेछन् ।

कर्नाटकमा सेवा गर्ने मौका दिएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई धन्यवाद दिँदै अब आफू पार्टीलाई सशक्त बनाउन भूमिका खेल्ने उनी बताउँछन् ।