१ पुष २०८२, मंगलवार
,
Latest
नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा बिलबिजक नभएको सामानसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांगीतिक कार्यक्रममा उडेकी गायिका राउतलाई अमेरिकाले नेपाल फर्काइदियो



अ+ अ-

काठमाडौं। सांगीतिक कार्यक्रममा भाग लिन अमेरिका उडेकी गायिका आस्था राउतलाई अमेरिकास्थित डलास अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ । पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने भन्दै अध्यागमन विभागले उनलाई फिर्ता पठाइदिएको बताइएको छ ।

सांगीतिक कार्यक्रममा भाग लिन नपाएको स्वयं गायिका राउतले पनि स्वीकार गरेकी छन् । उनले फेसबुकमार्फत गन्तव्य स्थानमा जाने क्रममा आएको प्राविधिक समस्याका कारणले उक्त समारोहमा उपस्थित हुन नसकेकोमा दुःख व्यक्त गरेकी छन् ।

उनले लेखेकी छन्, “यहि आउँदो अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा अमेरिकाको लंकास्टरमा आयोजना हुन गइरहेको युनाइटेड होम केयर सर्भिस एलएलसीद्वारा आयोजित न्यू इयर म्युजिकल नाइट २०२३ समारोहमा एक कलाकारको हैसियतले पाएको निमन्त्रणालाई स्वीकार गर्दै उक्त गन्तव्य स्थानमा जाने क्रममा आएको प्राविधिक समस्याको कारणले उक्त समारोहमा उपस्थित हुन नसकेकोमा दुःख व्यक्त गर्दछु साथै निर्धारित समयमै उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न हुनेछ भन्नेमा पूर्ण आशा गर्दै मेरो कारणले आयोजक वर्गमा पर्न गएको असुबिधा प्रति गहिरो चिन्ता व्यक्त गर्दछु । समय र परिस्थितिले जुराएमा फेरी हाम्रो सांगीतिक मिलन हुनेमा पूर्ण विश्वास गर्दै आयोजक प्रति आभार प्रकट गर्दछु ।”