२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवारी पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

झापा । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दमक नगरपालिका-५  ठेगाना भएका ४७ वर्षीय बिनोद कुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७७ मंसिर ३० गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद, ७ लाख रुपैयाँ जरिवाना र २८ हजार रुपैयाँ पीडित राहतकोषमा क्षतिपूर्ति दाखिला गर्नुपर्ने ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।