काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ।
प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले निजी निवास बूढानिलकण्ठमा बस्ने गरी पदाधिकारी बैठक डाक्नुभएको हो।
मंगलबार बिहान ९ बजे बूढानिलकण्ठमा बस्ने बैठक १४ औं महाधिवेशन तयारीबारे केन्द्रित रहने बताइएको छ ।
कांग्रेसले क्रियाशील सदस्यता विवादको अझै टुंगो लगाउन सकेको छैन।