२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस उम्मेदवार यादव धनुषा–४ मा पुनः मतगणना माग गर्दै सर्वोच्चमा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । धनुषा–४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।

उक्त क्षेत्रबाट नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठले यादवलाई पराजित गर्नुभएको थियो । यादवले निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामप्रति असहमति जनाउँदै बुधबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।

उहाँले पुनः मतगणनाको माग गर्नुभएको छ । सर्वोच्च अदालतको संवैधानिक अदालतमा दर्ता भएको उक्त रिटमा निर्वाचन आयोग , मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा , जिल्ला निर्वाचन कार्यालय धनुषा, प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ ।