५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस उम्मेदवार यादव धनुषा–४ मा पुनः मतगणना माग गर्दै सर्वोच्चमा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । धनुषा–४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।

उक्त क्षेत्रबाट नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठले यादवलाई पराजित गर्नुभएको थियो । यादवले निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामप्रति असहमति जनाउँदै बुधबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।

उहाँले पुनः मतगणनाको माग गर्नुभएको छ । सर्वोच्च अदालतको संवैधानिक अदालतमा दर्ता भएको उक्त रिटमा निर्वाचन आयोग , मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा , जिल्ला निर्वाचन कार्यालय धनुषा, प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ ।