५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा ४, ७ र ९ को अनिवार्य विषयको पाठ्यक्रम परिवर्तन हुने



अ+ अ-

काठमाडौं । आगामी शैक्षिक सत्र २०७९ मा कक्षा ४, ७ र ९ को अनिवार्य विषयको पाठ्यक्रम परिवर्तन हुने भएको छ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ४, ७ र ९ को अनिवार्य अंग्रेजी, नेपाली, गणित र सामाजिक अध्ययन र स्वास्थ्य तथा शारीरिक शिक्षाको पुस्तक तयार गरेको छ । केन्द्रले त्यसका लागि सातै प्रदेशका ७६ विद्यालयमा परीक्षण शुरु गरेको छ ।

केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले सातै प्रदेशका छनोटमा परेका विद्यालयमा परीक्षण शुरु गरिएको जानकारी दिनुभयो । केन्द्रले एक सातादेखि छनोटमा परेका विद्यालयमा पुस्तक पुर्याउने काम शुरु गरेको छ ।

तीनैवटै कक्षाको पुस्तक जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ गरिएको हो । जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले कक्षा ९ बाहेक कक्षा ४ र ७ को सबै छपाइसकिएको र कक्षा ४ र ७ को पुस्तक तोकिएका प्रदेशका जिल्लास्थित विद्यालयमा पठाइरहेको जानकारी दिए ।

उनका अनुसार कक्षा ९ को कभर राख्न बाँकी छ । उनले आज मंगलबारसम्म सम्पूर्ण पुस्तक छपाइ पूरा गरी वितरण गरिने बताए । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।