५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जलवायु परिवर्तनलाई समयमै न्यूनीकरण गर्न नसके कृषिमा असर’



file
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विश्वमा बढदै गइरहेको जलवायु परिवर्तनलाई समयमै न्यूनीकरण गर्न नसकेमा कृषि उत्पादनमा नकारात्मक असर पर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय किसान आन्दोलनको विश्वव्यापी नेतृत्वको स्थायी समितिको बैठकको शुभारम्भ गर्ने क्रममा उहाँले जलवायु परिवर्तनले हिमाल पग्लिने, बाढी पहिरो, विपतको जोखिम, उत्पादकत्वमा कमिलगायत समस्या देखा पर्न थालेकामा चिन्ता व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले विश्व अर्थतन्त्रलाई मजबुत बनाउन कृषि क्षेत्रमा उत्पादनको महत्व हुने उल्लेख गर्दै विश्वमा शक्ति सम्पन्न राष्ट्रका बीच देखा परेको तनाव तथा ठूला भनिएका मुलुककमा भइरहेका युद्वले विश्वमा गरिबी बढने, जनताको खाद्य सम्प्रभुता अधिकार लागू हुन नसक्ने विचार व्यक्त गर्नुभयो ।

युद्वका कारण विश्वको कृषि उपजको उत्पादन तथा उत्पादकत्वलगायत समग्र क्षेत्रमा प्रतिकुल असर देखा पर्ने भन्दै उहाँले नेपाल असंलग्न परराष्ट्र नीतिको पक्षमा रहेकाले मानवीयताविरुद्ध विश्व परिवेशमा भएका सबै खाले युद्व रोक्न आग्रह गर्नुभयो ।

अध्यक्ष नेपालले किसान वर्गको जीवनस्तरमा सुधार ल्याउने र उनीहरुलाई आर्थिक रुपान्तरण गर्ने, जनताका खाद्य सम्प्रभुता अधिकार सुनिश्चित गर्ने विषयमा बैठकमा छलफल केन्द्रीत गर्न सहभागी राष्ट्रका प्रतिनिधिलाई सुझाव दिनुभयो ।

अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले विश्वव्यापी रुपमा कृषि क्षेत्रको उत्पादनमा आएको समस्या तथा तिनका समाधानका सामूहिक उपायबारे बैठकमा छलफल गरिने बताउनुभयो । ललितपुरको गोदावरीमा आजदेखि आगामी पुस २ गतेसम्म हुने बैठकमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलंकालगायत ८० राष्ट्रका किसान सङ्गठनका नेतृत्व तथा प्रतिनिधिको सहभागी छन् ।