७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओलीको चुनावी खर्च १८ लाख ८२ हजार



अ+ अ-

काठमाडौँ । झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनी विजयी बनेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओेलीले निर्वाचन खर्च विवरण बुझाएका छन् ।

अध्यक्ष ओलीले प्रचार सामग्री छपाइ, यातायात, खाजा, खाना, सम्पर्क कार्यालय स्थापना लगायतको शीर्षकमा रु १८ लाख ८२ हजार चुनावी खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका हुन् ।

निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारले आफ्नो खर्च विवरण बुझाइसक्नुपर्ने प्रावधान रहेको छ । झापाबाट प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बनेका एक सय ९२ उम्मेदवारमध्ये ८४ जनाले मात्र आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् ।