• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   ताप्लेजुङ पहिरो अपडेट: घाइते बुबा छोरीको उद्धार ★   राप्रपाका विभाग प्रमुखको जिम्मेवारी हेरफेर ★   गण्डकीमा फ्लोर क्रस गर्ने सांसद देवकोटालाई माओवादीले गर्‍यो कारबाही ★   पञ्चायतका ‘रिसाहा ज्वाइँ’को वास्तविक जीवनः सैफ–करीनाको बिहेमा भाँडा माझ्ने काम गरेका थिए ★   भारतीय पर्यटकहरुलाई नेपालमा डाँकाको जस्तो व्यवहार गरियो: सांसद राणा ★   सांसद् बजगाईंको प्रस्तावः संसद् भवनमा मदिरा बार राखौँ ★   ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने भाष्य गलत सावित भएको छ: प्रधानमन्त्री ★   कुवेत आगलागीमा ज्यान गुमाएका ४५ जनाको शव भारत ल्याईयो ★   ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट ★   सूचना प्रविधि दशकअघि बढाउन भारतीय सहयोग महत्वपूर्ण हुने: मन्त्री शर्मा

दशरथ रंगशालामा जनप्रतिनिधिको टिमले खायो आधा दर्जन गोल(फोटोफिचर-भिडियोसहित)



काठमाडौं  । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनप्रतिनिधि र कर्मचारी बीचको मैत्रीपूर्ण फुटबल खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताउनुभएको छ ।

सोमवार महानगर दिवसको अवसरमा आयोजित प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बीचको मैत्रीपूर्ण फुटबल खेलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले मैत्रीपूर्ण फुटबल खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धमा आईसब्रेक गर्ने काम गरेको बताउनु भएको हो ।

उहाँले महानगरमा जनप्रतिनिधि भएर आएको ६ महिना बढी हुँदा पनि सबै कर्मचारीहरुसँग प्रत्यक्ष रुपमा सम्बन्ध कायम हुन नसकेको तर महानगर दिवसको अवसरमा भएको जनप्रतिनिधि र कर्मचारी बीचको मैत्रीपूर्ण फुटबल खेलले सम्बन्ध सुधार गर्ने काम गरेको बताउनु भयो । उहाँले जनप्रतिनिधिहरु खेल हारेपनि फुटबल आयोजनाको उद्देश्य अनरुप पूरा भएको बताउनु भयो ।

उपप्रमुख डंगोलले महानगर पालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको सम्बन्ध राम्रो बनाउनको लागि फुटबल आयोजना गरिएकाले त्यो सफल भएको बताउनु भयो ।

महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले हरेक वर्ष जनपतिनिधि र कर्मचारी बीच मैत्रिपूर्ण फुटबल खेल आयोजना गर्दै आएको छ । यो वर्ष पनि महानगरले सोमवार काठमाडौंको दशरथ रंगशालामा फुटबल आयोजना सम्पन्न गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह नेतृत्वमा जनप्रतिनिधि र अर्को टिमबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले नेतृत्वमा खेल भएको थियो । प्रमुख ११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरु थिए । प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरु थिए ।

जनप्रतिनिधिको टिम कप्तान भएपनि मेयर बालेन्द्र साह खेलको उत्तराद्र्धमा मात्रै मैदानमा छिरेका थिए तर मेयर साह मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो । खेल ६—१ ले प्रमुख प्रशासकीय अधिकृत ११ ले जित्यो ।