१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाका विभाग प्रमुखको जिम्मेवारी हेरफेर



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केही विभाग प्रमुखको जिम्मेवारी हेरफेर गरेका छन् ।

अध्यक्ष लिङ्देनले पार्टीको विधान बमोजिम विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी पार्टी अध्यक्ष लिङ्देनले नै राखेका छन् ।

त्यस्तै संयोजित संगठन समन्वय विभागको प्रमुखको जिम्मेवारी प्रवक्ता गोपाल दाहाललाई दिएका अध्यक्ष लिङ्देनले सम्पर्क समाज समन्वय विभागको प्रमुखको जिम्मेवारी सह–महामन्त्री धन बहादुर बुढालाई दिएका छन् भने युवा विभागको प्रमुखको जिम्मेवारी सह–महामन्त्री प्रकाश रिमालले पाएका छन् ।