• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

राप्रपाका विभाग प्रमुखको जिम्मेवारी हेरफेर



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केही विभाग प्रमुखको जिम्मेवारी हेरफेर गरेका छन् ।

अध्यक्ष लिङ्देनले पार्टीको विधान बमोजिम विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी पार्टी अध्यक्ष लिङ्देनले नै राखेका छन् ।

त्यस्तै संयोजित संगठन समन्वय विभागको प्रमुखको जिम्मेवारी प्रवक्ता गोपाल दाहाललाई दिएका अध्यक्ष लिङ्देनले सम्पर्क समाज समन्वय विभागको प्रमुखको जिम्मेवारी सह–महामन्त्री धन बहादुर बुढालाई दिएका छन् भने युवा विभागको प्रमुखको जिम्मेवारी सह–महामन्त्री प्रकाश रिमालले पाएका छन् ।