२० असार २०८३, शनिबार
,
Latest
पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा गिरीको दमदार भाषण, ‘भट्टीमा मान्छे पोल्ने आलम छुट्ने, पीडितहरुको रुवाबासी हुने नहोस्’



अ+ अ-

काठमाडौं । नेकपा एमाले युवानेता तथा प्रतिनिधिसभा सदस्य पदम गिरीले पहिलेको सरकारको प्रतिशोधको भावना लिएर वर्तमान शेरबहादुर देउवा सरकारलाई काम नगर्न ध्यानाकर्षण गराउनुभएको छ । 

मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद गिरीले अब यो सरकार आइसकेपछि जनताले पहिलो कुरा के प्राप्त गर्छ भन्ने चासो रहँदा ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुछिएका विजय गच्छदारलाई सामान्य धरौटीमा छुट्ने काम भएको आरोप लगाउनुभयो । 

उहाँले भन्नुभयो, "भोली कतै १२ जना मजदुरहरुलाई भट्टीमा पोल्ने आफताव आलमजस्ता मान्छेहरु छुटेर खुलेआम यही ठाउँमा आउने र ती पीडितहरु रुवाबासी हुने त होइन, यो सरकारले त्यस्ता प्रबिर्तीलाई संरक्षण त गर्ने होइन भन्ने जनतामा चिन्ता बढीरहेको छ । उहाँले अगाडी भन्नुभयो, "सरकारले अत्यन्तै सजग भएर जनताप्रति जवाफदेही भएर काम गरोस्, हामी रचनात्मक कामहरुको निम्ती सहयोग गर्न तयार छौँ । तर मुलुकप्रति प्रतिघात हुने काम गर्छ भने हामी खबरदारी गर्नेछौं ।"

यस्तै उहाँले देश कोरोना कहरले आक्रान्त भइरहेको स्मरण गराउँदै नागरिकको जीवन रक्षा गर्ने दायित्व सरकारको रहेको बताउनुभयो । अघिल्लो सरकारले ल्याएको १ करोड ३१ लाख खोप वर्तमान सरकारले तत्काल नेपाली जनतालाई प्रभावकारी ढंगले नागरिकहरुलाई दिलाउन नसकेको आरोप लगाउनुभयो । यस्तै कोरोनाको तेस्रो लहर आउनसक्ने भन्दै त्यसको पूर्वतयारीमा लाग्न पनि सांसद गिरीले सरकारलाई ध्यानाकर्षण गराउनुभयो ।