२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामचलाऊ सरकारले बदनियतका साथ अध्यादेश ल्याउनु अनुचित: राप्रपा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कामचलाऊ सरकारले बदनियतका साथ अध्यादेश ल्याउनु अनुचित, अनैतिक र आपत्तिजनक भएको जनाएको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भन्नुभयो ‘स्वार्थपूर्ण सत्ता केन्द्रीत राजनीतिको फोहोरी शुरुआत हो यो अध्यादेश ।’ प्रवक्ता श्रेष्ठले राष्ट्रपतिले कामचलाऊ सरकारले ल्याएको अध्यादेशलाई रोक्नुपर्ने माग गर्नुभयो । श्रेष्ठले भन्नुभयो निर्वाचनबाट ताजा जनादेश आइसकेको र केही दिनभित्र नयाँ संसदको बैठक शुरु हुने अवस्थामा कामचलाऊ सरकारले बदनियतका साथ अध्यादेश ल्याउनु अनुचित, अनैतिक र आपत्तिजनक छ ।

परमादेशबाट बनेको देउवा नेतृत्वको सरकारले डेढ वर्षसम्म रेशम चौधरीको रिहाइ लक्षित अध्यादेश ल्याउन कुनै अग्रसरता नदेखाएको र अहिले कामचलाऊ अवस्थामा अध्यादेश ल्याइनु स्वार्थपूर्ण सत्ता केन्द्रीत राजनीतिको फोहोरी शुरुआत भएको उहाँले जनाउनु भयो।