२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामचलाउ सरकारले अध्यादेश ल्याउनु कुर्सी मोहको पराकाष्ठाः तोसिमा कार्की



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं नवनिर्वाति सांसद डा. तोसिमा कार्कीले कामचलाउ सरकारले रातारात जनघातक अध्यादेश ल्याउन लागेको भन्दै विरोध जनाएकी छन् ।

कार्कीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै कामचलाउ सरकारले अध्यादेश ल्याउनु कुर्सी मोहको पराकाष्ठा भएको बताएकी हुन् ।

देशलाई दुर्घटनाबाट बचाउन नागरिक विरोध आवश्यक रहेको भन्द्र कार्कीले तत्काल यो अध्यादेश सच्याउन तथा खारेज गर्न माग समेत गरेकी छन् ।

उनले भनेकी छन् –

बहुमत पुर्याउनकै लागि कुन हद सम्म जान सक्ने ? अपराधीहरुलाई कारागारसम्म गएर भेट्ने तथा रिहाई गराउन यो कामचलाउ सरकारले रातारात जनघातक अध्यादेश ल्याउने सम्मको निर्लज्ज कुर्सी मोहको पराकाष्ठा १ अनि यहि नेतृत्वबाट हामीले जनताको लागि के अपेक्षा गर्ने ?

विधिको शासनलाई आफू अनुकुल नचाउन दिईनु हुदैन । देशलाई दुर्घटनाबाट बचाउन नागरिक विरोध आवश्यक छ । तत्काल यो अध्यादेश सच्याईयोस् र खारेज गरियोस् गरियोस् !!