२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ वर्षकै उमेरमा माटाको मूर्तिहरु बनाउन थालेका युवा आफ्नै गाउँमा मूर्ति बेच्दै



अ+ अ-

काठमाडौं । बाँकेका एक युवाले माटाको मूर्तिहरु तयार गर्न शुरु गरेका छन् । १२ वर्षको उमेरमा भारतमा गएर माटाका मूर्ति बनाउन सिकेका उनले आफ्नै गाउँमा फर्केर माटाका मूर्ति बनाई बेच्न सुरु गरेका हुन् । 

नेपालगञ्ज ७ घाँसियार टोलका १८ वर्षिय छोटु केवटले माटाका मूर्तिहरु निर्माण गर्न सुरु गरेका छन् । १२ वर्षको उमेरमा भारतमा बसेर माटाका मुर्ति बनाउने कला सिकेर घर फर्किएका उनले गाउँमा माग गरे अनुसारको मूर्ति बनाउन सुरुवात गरेका हुन् । उनी यस वर्षमा नै करिब १० देखि १२ ओटा माटाका मुर्ति बनाउने सोच राखेको बताउँछन् ।

माटाका मुर्ति निर्माण गर्न करिब १ मुर्तिमा ९ हजार सम्म खर्च हुने गर्छ । बाँस, पराल, प्लाष्टिकका डोरी लगाएर मुर्तिको आकार बनाउने गरिन्छ । एक मुर्ति पुर्ण रुपले निर्माण गरेपछि  ३ देखि ५ हजार सम्म नाफा हुने गरेको उनी बताउँछन् । काममा सघाउन र सिप सिक्नका लागि साना साना बालबालिका पनि उनीसँगै जुटेको केवट बताउँछन् । उनी एक सिजनमा माग अनुसार करिब ५० देखि ६० हजार कमाइ हुने बताउँछन् । नाफा भएको पैसाले घर खर्च चलाउने र केही रकम बचत गरेर अर्को सिजनमा लगाउने गरेको उनको भनाई छ ।

सिप सानो वा ठुलो हुँदैन । र सिप सिक्न तथा सिकेको सिपलाई प्रयोग गर्नका लागि उमेरले छेक्दैन भन्ने उदाहरण उनी बन्न चाहेका छन् । आफुले सिकेको सिपबाट अर्थोपार्जन गर्दै आफ्नै सिपको दायरालाई पनि बढाउन आफु क्रियाशिल हुने उनी बताउँछन् ।