२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा संसदीय दलको विधान पारित



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसदीय दलको विधान पारित गरेको छ । 

मंगलबार बसेको बैठकले विधान पारित गर्दै संसदीय दलको नेताको निर्वाचनका लागि ३ सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ । जसको संयोजकमा नवराज सुबेदी र सदस्यहरुमा रमेश यादव र शुसीला श्रेष्ठ रहेका छन् । 

यस्तै निर्वाचन आयोग र अदालतमा मुद्दा मामिला हेर्न प्रकाश अधिकारीलाई तोकेको छ ।