• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

कतार विश्वकपको सेमिफाइनल समीकरण पूरा



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । गए रातिबाट क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसँगै विश्वकपमा सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो ।

जसमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्को रहेका छन् । पहिलो सेमिफाइनल अन्तर्गत अर्जेन्टिना र क्रोएसियाले फाइनल पुग्नका लागि प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल मंगलबार राति ००ः४५ बजे हुनेछ ।

अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई हराउँदा क्रोएसियाले ब्राजिललाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।यस्तै, दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बुधबार राति ००ः४५ बजे हुनेछ ।

मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई हराउँदा फ्रान्सले इंग्ल्यान्डलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।