• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता ★   अहिले हाहा, हुहु गरेको भरमा पनि मन्त्री भएका छन्ः ओली ★   आर्थिक समृद्धिका लागि सरकारको पहल सकारात्मकः पूर्वअर्थमन्त्री पौडेल ★   श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ ★   अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता ★   पार्टी विभाजनसम्बन्धी चलेको हल्लामा सत्यता छैन – एकीकृत समाजवादी ★   राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति म्याद एक वर्ष थप्ने सरकारको निर्णय ★   मूलपानी क्रिकेट रंगशालाको डिपीआर प्रस्तुती ★   क्रिकेट बलले गुप्तांगमा लागेर ११ वर्षीय बालकको निधन ★   परराष्ट्र मन्त्रालयसँग सम्बन्धित समस्याहरुको समाधान गर्न मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण

इंग्ल्याण्डलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा



एजेन्सी । फ्रान्स कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा इंग्ल्याण्डलाई २–१ गोलले पारजित गर्दै साविक विजेता फ्रान्स उपाधि नजिक पुगेको हो ।

फ्रान्सको जितमा अरेलियन चोउमेनी र ओलिभर जिरुडले एक–एक गोल गरे । इंग्ल्याण्डका ह्यारी केनले एक गोल फर्काए । अल बेयत स्टेडियममा भएको अन्तिम क्वाटरफाइनलको खेलमा ११ औं मिनेटमा फ्रान्सका ओलिभर जिरुडले हेडरमार्फत प्रहार गरेको बललाई इंग्ल्याण्डका गोलकिपर पिकफोर्डले सजिलै नियन्त्रणमा लिए ।

१७ औं मिनेटमा डि–बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै चोउमेनीले फ्रान्सलाई सुरुवाती अग्रता दिलाए । उनलाई एन्टोनी ग्रिजमनले पास उपलब्ध गराएका थिए । २२ औं मिनेटमा ह्यारी केनको प्रहारलाई फ्रान्सका किपर ह्युगो लोरिसले बिफल पारे । फ्रान्सका दुई डिफेन्डरलाई बिट गर्दै केनले बल प्रहार गरेका थिए ।

२८ औं मिनेटमा पुनः केनले प्रहार गरेको बललाई लोरिसले बाहिर पठाए । ३९ औं मिनेटमा फ्रान्सका लागि अग्रता बढाउने अवसर किलियन एम्बाप्पेले गुमाए । उनले डि–बक्सभित्रबाट प्रहार गरेको बल आकाशियो ।

५३ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । फ्रान्सका चोउमेनीले बुकायो साकालाई डि–बक्स भित्र लडाएपछि रेफ्रिले भिएआरको सहायताले पेनाल्टी दिएका थिए ।

७८ औं मिनेटमा जिरुडले हेडरमार्फत गोल गर्दै फ्रान्सलाई २–१ को अवस्थामा पुर्याए । ग्रिजमनको लामो पासलाई उनले हेडरमार्फत गोल गरे । ८४ औं मिनेटमा इंग्ल्याण्डलाई बराबरी गर्ने अवसर थियो । तर, ह्यारी केन पेनाल्टीमा गोल गर्न चुके । उनले पोस्टभन्दा माथि बल प्रहार गरेर इंग्ल्याण्डको सेमिफाइनल यात्रा जिवीतै राख्ने अवसर खेर फाले ।

खेलको अन्तिम समयमा इंग्ल्याण्डलाई गोल गर्ने अवसर मिलेको थियो । डि–बक्स भन्दा थोरै बाहिर इंग्ल्याण्डले फ्रिकिक पायो । तर, बैकल्पिक खेलाडी मार्कुस रासफोर्डले उक्त अवसर सदुपयोग गर्न सकेनन् । उनको फ्रिकिक प्रहार पोस्टबाट थोरै माथि बाहिरिन पुग्यो ।

योसँगै कतार विश्वकपको सेमिफाइनलमा समिकरण पूरा भएको छ । अर्जेन्टिना, क्रोएसिया, मोरक्को र फ्रान्सले सेमिफाइनलमा स्थान बनाएका छन् । अब सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच तथा फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ ।