काठमाडौं । प्रभुराम शर्मालाई सरकारले कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।
शर्मा हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारीमा रहेका थिए । अहिलेका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् ।