१९ श्रावण २०८३, मंगलवार
,
Latest
उपभोक्ताले आधा सिलिण्डर ग्यास नभरिदिँदा अहिले समस्या देखियोः उद्योगसचिव दुवाडी राष्ट्र बैंक ऐन संशोधनमा सांसदबीच मतभेद, डेपुटी गभर्नरको संख्या र अर्थ सचिवको भूमिकामा फरक धारणा नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन प्रदेश सरकारको नेतृत्व परिवर्तनमा एमाले नेता भट्टराईको असन्तुष्टि, ‘साटसुट र शक्तिको भाषा किन?’ मिसिलमा क्षति पुगेका कारण लक्ष्यअनुसारको मुद्दा फछ्र्योट हुन कठिन आकस्मिक बाढीको आज मध्यम जोखिम अनशनरत नर्स रानाभाटको समर्थनमा स्वास्थ्यकर्मीद्वारा प्रदर्शन, १५ बुँदे माग सम्बोधन गर्न आग्रह (तस्बिरसहित) २० अर्ब लागतको नारायणगढ–बुटवल सडक आयोजना अन्तिम चरणमा राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय नै राख्न अर्थ मन्त्रालयको प्रश्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

महसुस यात्रा (न्यासी वने नू) मा प्रमुख शाह: स्थानीयहरुको बाक्लो उपस्थिति



अ+ अ-

काठमाडौँ । आज जमल कमलाक्षीदेखि हनुमानढोका दरबारसम्म महसुस यात्रा (न्यासी वने नू) सम्पन्न भएको छ ।

२८ औँ महानगर दिवस अवसरका काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सम्पदा तथा पर्यटन विभागले यात्राको आयोजना गरेको हो । सहभागीहरुलाई प्रोत्साहन बढाउन महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), प्रवक्ता नविन मानन्धर, संस्कृति पर्यटन समितिका संयोजक आशामान संगतसहित कार्यपालिका सदस्यहरु यात्रामा सहभागी हुनुभएको थियो । यात्रा अवधिभर उहाँहरु सहभागीसँग सँगै हिँड्नु भयो ।

सम्पदा क्षेत्रमा हिँड्ने यात्रीले मठमन्दिर, डवली, चोक र गल्लीलाई कुरी बुझ्छन्? राजनीतिक, सांस्कृतिक तथा पुरातात्विक महत्व भएका भौतिक संरचनालाई कसरी महसुस गर्छन्? ती सम्पदासँग जोडिएका कथा, किंवदन्ती र इतिहासलाई कुन स्वरुप भेट्छन्, थाहा पाउन यस प्रकारको कार्यक्रम आयोजना गरिएको हो । महानगरका प्रवक्ता मानन्धर भन्नुहुन्छ, ‘यसले सम्पदा संरक्षण, मर्मत सम्भार तथा व्यवस्थापनका लागि पृष्ठपोषण दिनेछ ।’

महसुस यात्राको सुरु विन्दुमा रुटमा पर्ने स्थानको विवरण र संक्षिप्त चिनारी दिइन्छ । यसपछि व्यक्तिहरु एक्ला एक्लै यात्रा गरेर महसुस गर्नुपर्छ । आजको परिचयात्मक कार्यक्रम भएकोले सुरु विन्दुदेखि अन्तिम विन्दुसम्म सहभागीहरु समूहमा हिँडेका हुन् । कार्यक्रमका विषयमा सम्पदा तथा पर्यटन समितिका संंयोजक संगतले जानकारी दिनुभयो ।

यात्रामा वडा २७ बाट स्थानीय तथा सांस्कृतिक खल पुचःहरुको स्वतःस्फूर्त सहभागिता रह्यो । यसबाट पछिल्ला दिनमा थप कार्यक्रम गर्न आफू उत्साहित रहेको वडा २७ का अध्यक्ष योगेन्द्र खड्गीले बताउनुभयो ।

काठमाडौँको भित्री सहरमा भएका भौतिक संरचनासँग सामाजिक जीवनको आत्मीय सम्बन्ध छ । यो सम्बन्धलाई यात्रामा हिँड्नेले पञ्चेन्द्रियबाट महसुस गर्नुपर्छ ।

यात्रामा सहभागीहरुले भिडियो निर्माण गर्नु हुनेछ । यसरी निर्माण गरिएको भिडियोमध्ये उत्कृष्टलाई पुरस्कृत गर्ने योजना छ । सम्पदा तथा पर्यटन विभागकी उपनिर्देशक श्रृजु प्रधानले सम्पदामा युवाहरुको आकर्षण बढाउन यो ढाँचालाई अपनाइएको जानकारी दिनुभयो ।

भित्री सहरी क्षेत्रको सामाजिक व्यवस्था, परम्परागत बजार, भवनहरुको निर्माण ढाँचालाई गहिरो रुपमा महसुस गर्न सकिन्छ । यी विशेषता महसुन गर्नु यात्राको विशेषता हो ।